विश्वभर ७ करोड ६० लाखमा कोरोना पुष्टि, ५ करोड ३२ लाख संक्रमणमुक्त

Share:

पोखरा । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ६० लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ लाख १७ हजार जनामा संक्रमण भएसँगै विश्वमा संक्रमितको संख्या ७ करोड ६० लाख पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर ५ करोड ३२ लाख ६५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ४ लाख १९ हजार ४८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ३४१ संक्रमितको मृत्यु भएको छ । यो सहित विश्वभर कोरोना संक्रमित मृतकको संख्या १६ लाख ८० हजार २९५ पुगेको छ ।

हाल विश्वभर २ करोड १० लाख ४५ हजार ८०१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ८२८ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ७८ लाख ८८ हजार ३५३ पुगेको छ । संक्रमितमध्ये १ करोड ३ लाख ९४ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख २० हजार ८४५ पुगेको छ ।

हाल अमेरिकामा ७१ लाख ७३ हजार २२२ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ११ गम्भिर बिरामी छन् ।

कमेन्ट गर्नुहोस्
Share: