
पोखरा । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड नाघेको छ ।
गत २४ घण्टामा थप २६ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको हो ।
यस्तै, गत २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमित मृतक संख्या १ लाख ४५ हजार १७१ पुगेको छ ।
हालसम्म भारतमा हालसम्म ९५ लाख ४९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा २९ हजार ८७९ संक्रमित निको भएका हुन् ।
हाल भारतमा ३ लाख ९ हजार ७३१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।
भारत कोरोना संक्रमणबाट सबैभन्दा धेरै दोस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
