
पोखरा । पोखराका १७ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आइतबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका २० जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका १७ जना, तनहुँका २ जना, र स्याङ्जाका एक जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३ का ४७ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.४ का २४ र ४७ वर्षीया महिला, वडा नं.६ की ८० वर्षीया महिला, वडा नं.१० का २३ वर्षीय पुरुष, वडा नं.११ का १० वर्षीय बालक सहित ५४, १८ र ३२ वर्षीय पुरुष, वडा नं.१३ का ३० वर्षीय पुरुष वडा नं.१४ का ३२ र ४५ वर्षीय पुरुष, वडा नं.१५ का ६३ वर्षीय पुरुष, वडा नं.१७ का ३६ वर्षीय पुरुष तथा २९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, तनहुँको शुक्लागण्डकी वडा नं.६ का ४२ वर्षीय पुरुष, वडा नं.११ का ४२ वर्षीय पुरुष एवं स्याङ्जा वालिङ वडा नं.९ की २२ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ९०८ पुगेको छ ।
