देशभर थप ७२२ जनामा कोरोना पुष्टि, ९६६ संक्रमणमुक्त

Share:

पोखरा । देशभर थप ७२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३१० महिला र ४१२ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २ लाख ४५ हजार ७०९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्र ३ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ जना रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ४१३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार नमुना परिक्षण भएको छ भने हालसम्म १८ लाख ८४ हजार १८१ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: