देशभर बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ?

Share:

पोखरा । देशभर मंगलबार (आज) सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले बिहान देशभर सामान्य बदली रहेको छ ।

मंगलबार दिउँसो पनि देशभर सामान्य बदली रहने छ ।

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

कमेन्ट गर्नुहोस्
Share: