विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ६० लाख नाघ्यो, ६ करोड १० लाख निको भए

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ६० लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ५ लाख ३४ हजार २१८ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ६० लाख ९४ हजार १३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड १० लाख ४५ हजार ८९४ पुगेको छ । गत २४ घण्टामा ५ लाख ७५ हजार ११२ जना निको भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार २७ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख ५९ हजार ८४३ पुगेको छ ।

हाल विश्वभर २ करोड ३१ लाख ८८ हजार २७६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ८४४ गम्भिर बिरामी छन् ।

सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड १३ लाख ५३ हजार ५१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २७ लाख ३६ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १२३ पुगेको छ ।

हाल अमेरिकामा ८२ लाख ५४ हजार ४१६ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ५८२ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: