संसद विघटनविरुद्ध जसपाले आज देशभर जनसभा गर्दै

Share:

काठमाडौँ । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार (आज) देशभर जनसभा गर्दैछ ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

साथै उनले आफूले कैलालीको टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: