
पोखरा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार १०० रुपैयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।
कमेन्ट गर्नुहोस्
