
पोखरा । पोखराका २३ सहित गण्डकी प्रदेशमा आज मंगलबार थप २४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र स्याङ्जाका जिल्लाका २४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना छन् भने स्याङ्जाका एक जना रहेका छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की २३ वर्षीया महिला, वडा नं.५ की ४८ वर्षीया महिला, वडा नं. १६ का १९–१९, २०–२०, २१, २२ र २३ वर्षीय पुरुष, वडा नं. १७ का ३८ वर्षीय पुरुष, वडा नं. १९ का १८ र २१ वर्षीया महिला, वडा नं. ३० का ३३ र ६९ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं. ३१ का ५ वर्षीय बालक सहित ३२, ४०, ४६, ६८ र ७० वर्षीय पुरुष तथा २० र ५२ वर्षीया महिला एवं स्याङ्जाको पुतलीबजार वडा नं. २ की ५० वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २४० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ११ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ८६६ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर १६९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १४७ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १४१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार १६३ नमुना परिक्षण भएको छ ।
