बाग्लुङमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो, घटनामा संलग्न एक पक्राउ

Share:

बाग्लुङ । बाग्लुङको जस्ती खोलामा बुधबार मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

ढोरपाटन नगरपालिका–२ सल्लेपानी सामुदायिक बन नजिकै जस्ती खोलामा मृत फेला परेका व्यक्ति नवलपरासी पुर्व देबचुलिनगरपालिका– ६ सिजि टोल बस्ने वर्ष ३१ को नारायण बस्याल रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बुधबार दिउँसो १ः५० बजे उक्त खोलाको उत्तर तर्फको किनारामा तन्नामा बेरिएको अवस्थामा बस्यालको शव फेला परेको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न बागलुङ ढोरपाटन नगरपालिका–२ रिनाम बस्ने मित्रलाल खनाललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित न्युजः
बागलुङमा तन्नामा बेरिएको अवस्थामा एक पुरुष मृत फेला

 

कमेन्ट गर्नुहोस्
Share: