
काठमाडौं : पछिल्लो पुस्ताका सर्बाधिक रुचाइएका नायक प्रदिप खडका र निर्माता तथा निर्देशक सन्तोष सेनले काठमाडौ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाइ समर्थन गरेका छन ।
बिहीवार नायक खड्काको टीमले पुकार बमलाई भेटेर दलहरुबीच देखिएको सिन्डिकेट र मिलिभगतले जनतालाइ चरम निरासा दिएको बताए । ‘यो चङ्गुलबाट निस्किनको निम्ति भरपर्दो विकल्प निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ ‘,नायक खड्काले भने ।
कलाकारहरुले समाजमा सहिलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए ।
साथसाथै उम्मेदवार पुकार बमले प्रेम गित ३ अन्तर्राष्ट्रिय बजारमा पुर्याएर नेपाली चलचित्रको अन्तराष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले खेलेको भुमिकाको लागि धन्यवाद दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टिको समर्थनमा काठमाण्डौं क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले महानायक राजेश हमालदेखि विभिन्न कलाकारहरुले समर्थन गरेका छन् ।
