
काठमाडौं : प्रतिनिधिसभातर्फ १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ।
हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। नेकपा माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७÷७, जनता समाजवादी पार्टी (जसपा) ले ६ र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ४ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक÷एक सिट जित्दा ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
