
काठमाडौं : पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए। विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि उनले नेतृत्व छाडेका हुन् । भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।
बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्।
प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेको बाबरले बीचमा यसलाई पनि गुमाएका थिए । उनको अनुपस्थितिमा टिमका उपकप्तान रहेका सदाब खान अथवा साहीन अफ्रिदी नयाँ कप्तान कप्तानका प्रत्याशी रहेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको स्ट्याटस

