
काठमाण्डौ : भारतीय क्रिकेटर विराट कोहली विश्व क्रिकेटमा चलेको नाम हो । उनै विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड राखेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड तोडेका छन् ।
खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् । योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।
कमेन्ट गर्नुहोस्
