टी–२० खेलमा नेपाललाई १८५ रनको लक्ष्य

Share:

काठमाडौं : नेदरल्यान्ड्सले टी–२० खेलमा नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको ४ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे ।म्याक्स ओ डाउड ४, स्कट एडवार्ड्स ३३, साइब्रान्ड एंगलब्रेक्ट ४९ र तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे ।  नेपालका करण केसीले १ र कुशल मल्लले १ विकेट लिन सफल भए भने नेदरल्याण्ड्सका दुई रन आउट भए।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: