किन गुमाउँदैछिन कीर्तिमानी साम्बाले वाफ वुमन्स च्याम्पियन्सिपको फाइनल खेल?

Share:

काठमाडौं : नेपालले जारी वाफ वुमन्स च्याम्पियन्सिप उपाधिका लागि बिहीबार फाइनलमा जोर्डनविरुद्ध खेल्दैछ।

तर, नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले फाइनल खेल गुमाउने भएकी छिन् ।

अनुसार फ्रेन्च क्लब इभी ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएपछि उनका फ्यानहरू निरास बनेका छन् ।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको र  फाइनल भने फिफा विन्डो बाहिरको खेल हुनेछ ।

क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने बताइएको छ ।

जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन् । फाइनल खेलमा साम्बाको अनुपस्थितिलाई अन्य खेलाडीले पूर्ति गर्ने भन्दै एन्फाले समर्थक र प्रशंसकलाई उनको क्लब प्रतिवद्धता र अनुबन्धात्मक दायित्वहरु बुझ्न र सम्मान गर्न आग्रह पनि गरेको छ ।

साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: