सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ६० हजार नाघ्यो

Share:

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार चार सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो।

यो सँगै विगत ४ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ रेकर्ड कायम गरिरहेको छ। गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ।

यसअघि असोज ८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ४०रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: