प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, पोखराका चार उडान ठप्प

Share:

काठमाडौँ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने स्वदेशतर्फका उडान प्रभावित भएका छन्। बुधबार बिहानलाई तय भएका केही उडान मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आज बिहानका लागि तय भएको नेपाल एयरलाइन्सको इलाम उडान मौसमकै कारण डिले भएको छ। यसैगरी पोखराका चारवटा उडान पनि प्रतिकूल मौसमकै कारण हुन सकेका छैनन्।

उडान प्रभावित भएपछि सयौँ यात्रु विमानस्थलमै रोकिएका छन्। आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानहरू भने नियमित भइरहेको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाका केही ठाउँमा बिहान पानी परेको थियो। अहिले काठमाडौँको आकाशमा बादल लागेको छ भने केही ठाउँमा छिटपुट वर्षा भइरहेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: