
काठमाडौँ। जितिया पर्व काठमाडौँमा पनि मनाइएको छ। मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने यो
पर्व काठमाडौँमा बसोबास गर्दै आएका थारू समुदायले मूल आयोजक समिति बनाएरै जितिया पर्व मनाएका हुन्।
थारू महिला सभा, काठमाडौँ उपत्यका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विशेष पूजाआजा गरिएको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जितिया पर्वको शुभकामना दिँदै आफ्ना अधिकार स्थापीतका लागि एकीकृत हुन आग्रह गरे।
तराई–मधेसका आमाहरुले निर्जल(निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन्। यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने परम्परा रहेको छ।
आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ। वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी(सखर, भिजाएको केराउ, दही (च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ।
यो पर्व मधेशको महत्वपूर्ण लोकपर्वको रुपमा रहेको जितियालाई जिउतिया,जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ ।
