बाढीपहिरो अपडेट: ६६ जनाको मृत्यु, ७९ बेपत्ता, ३५ घाइते

290
0
Share:

काठमाडौँ। तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ। भने अन्य ७९ जना बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि बताइएको छ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ। अहिले पनि उद्धार जारी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: