काठमाडौँको नागार्जुन पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

Share:

काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका-३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ।

यस्तै, पहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

शनिबार एक र आइतबार चार जनाको शव फेला परेको प्रहरीले बताएको छ।

मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: