खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने

185
0
Share:

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार (भोलि) देखि १० रुपैयाँ छुटसहित खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो। यी खसी बोका भोलिबाट बिक्री गरिने जनाइएको छ।

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ। च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ। गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो। उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो।

कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ। मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ।

कमेन्ट गर्नुहोस्
Share: