न्युरोड र भृकुटीमण्डप क्षेत्रमा दसैँको चहलपहल, बढ्यो भीड

Share:

काठमाडौँ। हिन्दु नेपालीको विशेष पर्व दसैँको किनमेलले बजारमा भीडभाड बढेको छ। राजधानीको पुरानो बजार न्युरोड, इन्द्रचोक र भृकुटीमण्डप क्षेत्रमा किनमेल गर्नेको चाप बढेको छ।

लत्ताकपडा, भाँडाकुडादेखि सुनसम्म किनमेलका लागि सबै उपभोक्ता न्युरोडमै पुग्दा सवारीको चापसमेत बढेको छ। यो क्षेत्रमा यति बेला हिँड्दा ठुलै भीड छिचोल्नुपर्ने अवस्था सृजना भएको छ।

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्व को आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो।

कमेन्ट गर्नुहोस्
Share: