रुपन्देहीमा रविको बयान भयो सुरु

361
0
Share:

काठमाडौँ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ।

जिल्ला सरकारी वकिललको कार्यालय रुपन्देहीमा केही बेर अघिबाट बयान लिने काम भइरहेको जनाइएको छ।

पौने १ बजे भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल ल्याईएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा विगत २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याईएको रुपन्देहीका प्रहरीले जनाएको छ।

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई त्यसैराति पोखरा लगिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: