आन्तरिक राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह मनाउने

Share:

पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस मनाउने भएको छ। ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आगामी मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

आगामी मंसिर १ गते विहान ७:३० बजे पोखरा सभागृहदेखि सृजनाचोक हुँदै रत्‍नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरि गरी राष्ट्रिय कर दिवसको शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ।

यसैगरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघसंगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम हुनेछन्। मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ।

आर्थिक ऐन, द्दण्डज्ञ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने कार्यालयले जनाएको छ। आर्थिक ऐन, द्दण्डज्ञ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व. २०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: