नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

201
0
Share:

काठमाडौँ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ।

नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ। ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका- ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: