
पोखरा । कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ।
संधको आयोजन र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले संस्थापक अध्यक्ष नारायण शर्मा र संघका राष्ट्रिय प्रतिनिधि बर्षा केशव पराजुलीलाई वल्ड व्याग हस्तान्तरण गरी उद्धघाटन गरे।
रिजालले सहकारी मुल्य मन्यता र सिद्धान्त मुताविक सहकारी ऐन नियमवली अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए। नियमविपरित सञ्चालनमा रहेका सहकारीहरुलाई कानुनी दायरमा ल्याउन जुनसुकै कदम चाल्न पछि नर्पे, नियम विपरीत रहेका केहि सहकारीहरुलाई सहकारी ऐन नियममा रहन निरन्तर ताकेता गरेको समेत उल्लेख गरे।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भेषराज बराल,पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारी, नेफ्सकुन सञ्चालक कमला गिरी लगायतले सहकारीको पछिल्लो अवस्था बारे चिन्ता व्यक्त गरेका थिए।
संधका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष केशवशरण पौडेलले र संचालन सधंका सचिव मिनराज तिमाल्सिनाले गरेका थिए।
