
पोखरा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्भावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन्।
पोखरा महानगरपालिका वडा नम्बर १५ ढुबगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहीबार प्रमुख अथितिको रुपमा सहभागी मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासँगै रहेको बताइन्।
“यहाँहरुले दई/दुई पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु। यहाँहरु सबैको माया र सद्भावले अगाडी बढिरहेकी छु, सेती नदीमाथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ”, उनले भनिन्।
यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले आवश्वासन दिइन्।
कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराए।
सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुबगेसाँघु, पट्नेरी सेती नदीमाथि रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सुनाए।
२ कारोड रुपैँया लागानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सभावना रहेको उनले जानकारी गराए।
धाममा १०८ शिवलिंग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्धेश्यकासाथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए।
गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम-२०८१ प्रमुख वाचक शोभाकान्त ढकाल (कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवत मन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा वाचन गर्नुका साथै हरेक दिन आमन्त्रीत कथावाचकले कथा वाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) को धार्मिक पर्यटकीय केन्द्र बनाउने संकल्पलाई पुरा गर्न अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो। मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुनेछ।


