सडक दौडमा छात्रतर्फ दुतमान र छात्रातर्फ कविता प्रथम

Share:

पोखरा । एन प्याब्सन कास्कीले आयोजना गरेको ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लबडेल बोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिककी कविता घर्ती क्षेत्री प्रथम भएका छन्। शनिबार बिहान भएको ५ किमी सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेन्डमा पूरा गरे।

यस्तै छात्रतर्फ अक्सफोर्ड स्कुलका ईश्वर ढकाल दोस्रो, न्यु लेखनाथ पब्लिकका अजय कार्की तेर्सो, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम भुजेल चौचो र फेवा बोर्डिङ स्कुलका जोगबहादुर गुरुङ पाँचौ भए।

त्यस्तै छात्रातर्फ कास्की मोडनाइज्ड एकेडेमीकी शीतल भण्डारी दोस्रो, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तेस्रो, लेभन रेसिडेन्सियलकी युकिना भारी चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी पाँचौ भइन्।

त्यसैगरी शिक्षक शिक्षिकतर्फ भएको ५ किमी सडक दौडमा शिक्षकतर्फ हेम्जा बोर्डिङ स्कुलका धीरन घर्तीमगर प्रथम, त्रिवेणी पब्लिकका विवेक श्रेष्ठ दोस्रो, लिटिल फ्लावर एजुकेसन एकेडेमीका शंकरप्रसाद शाह तेस्रो भए।

त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ प्रथम, हेम्जा बोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी दोस्रो र कान्तिपुर एकेडेमीकी दिक्षा शाही तेस्रा भए।

सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

सडक दौड पोखरा रंगशालाबाट शुरु भई पृथ्वीचोक, सभागृह, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिए।

शनिबार नै भएको छात्र फुटबलतर्फ सनराइज प्रिप्याराटोरीले डायमन्ड मोडेल स्कुललाई १-० ले पराजित गर्दा सिद्धिविनायक बोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३-० ले पराजित गर्‍यो। युनिभर्स बोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३-० ले पराजित गर्दा नेसनल क्रियसन एकेडेमीले हिल साइड सेकेन्डरीलाई ७-० ले पराजित गर्‍यो।

त्यस्तै फेवा बोर्डिङ स्कुलले रत्नज्योति माविलाई ३-० ले पराजित गर्दा साइनिङ स्टार बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई ३-१ ले पराजित गर्‍यो। मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २-१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए।

यसैगरी छात्रतर्फको क्रिकेटमा अल्फा एकेडेमीले रत्नज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेसनल क्रियसनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यु ग्यालेक्सीले बागमारा एकेडेमीलाई ३५ रनले पराजित गर्‍यो।

त्यसैगरी मर्निङ ग्लोरीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली बोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा बोर्डिङलाई ज्ञान ज्योति विद्याकुञ्जले ५ रनले पराजित गर्‍यो। शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ।

छात्र सेभेन ए साइड फुटबल प्रतियोगितातर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक बोर्डिङ स्कुललाई २-० ले पराजित गर्‍यो। त्यस्तै युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबेकर ३-२ ले पराजित गर्दा न्यु लेखनाथ पब्लिक एकेडेमीले बागमार एकेडेमीलाई टाइबेकरमा २-१ ले पराजित गर्‍यो।

नेसनल क्रियसनले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २-१ ले पराजित गरेको छात्रा सेभन ए साईड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिए। प्रतियोगिताको उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले २५ गते गर्ने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
Share: