रविको मानव अधिकारको रक्षा गरियोस- सांसद ज्ञानेन्द्र शाही

340
0
Share:

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेलाई भेटेका छन्।

भेटपछि उनले रविलाई चितवनमा अमानवीय व्यवहार गरिएको बताए। उनले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको संकेत गरे।

‘प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपर्थ्यो। किनभने अरु पनि छन् सहकारीमा। कानूनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ। यो चाहिँ खेद प्रकट गर्छु।’

साथै उनले सामाजिक सञ्जालमा पनि आफ्नो भनाई राख्दै लेखेका छन् ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस। कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन ? प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ। कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन। यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिनेछ। अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो एकदिन सबैको पालो आउँछ पाई -पाई गरेर ऋण चुक्ता गरिनेछ।’

कमेन्ट गर्नुहोस्
Share: