रविमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: प्रचण्ड

143
0
Share:

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै दाहालले लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको र यसको निन्दा गरेका छन्।

उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

कमेन्ट गर्नुहोस्
Share: