
काठमाडौं — अवैध रूपमा भन्सार छली गरी ल्याइएको सुनसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु निवासी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट १६ थान रिङ, सुन जस्तो देखिने धातुको ५ टुक्रा, १ थान सिक्री, १ थान औंठी, र १ थान बाला गरी जम्मा ९८ ग्राम तौलको सुन बरामद गरिएको छ।
गुरूङ थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेट नजिकै जाँचका क्रममा उनलाई अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
