
पोखरा। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चर्च ब्वाइज यूनाइटेड क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १-० ले गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो हाफमा चर्च ब्वाइजका राज भुषालले गरेको गोल नै निर्णायक बनेको थियो।
उनले ९० औं मिनेटमा नविन लामाले प्रहार गरेको कर्नर किकको सदुपयोग गर्दै गोल गरेका थिए।
यसैगरी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल अन्तर्गत मंगलबार भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्ने छन्।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
