पोखराका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारन्मुख, एकदुई दिनमै डिस्चार्ज गर्ने तयारी

Share:

काठमाडौँ । बेलुन विष्फोटबाट घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यमा सुधार भइरहेको कीर्तिपुर अस्पतालले जनाएको छ। प्रमुख आचार्यको स्वास्थ्यमा सुधार आएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले बताए।

डा. नकर्मीका अनुसार जलनमा परेका प्रमुख आचार्यको उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी उपचार गरिदैँछ।

“उहाँको जलन घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन, अवस्था सुधारन्मुख रहेको छ। उपचार जारी छ ।”, उनले भने।

प्रमुख आचार्यलाई एक/दुई दिनमा डिस्चार्ज गर्ने तयारी भइरहेको उनको भनाइ छ। गत शनिबार पोखरा भ्रमण वर्ष कार्यक्रमको उदघाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।  अर्थमन्त्री पौडेल भने सोमबार दिउँसो अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: