पोखरामा १७ आँखा अस्पतालद्वारा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम

Share:

पोखरा। नारीशक्ति जागरण आमा समूह पोखरा महानगरपालिका १७ आँखा अस्पतालद्वारा आयोजित स्तन क्यान्सर सम्बन्धी सचेतना एवं नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै सचेत हुन सकेमात्र क्यान्सर रोगबाट बच्न सकिने बताइन्।

कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक अधिकृत सविना श्रेष्ठले कार्यक्रमका सहभागीलाई स्तन क्यान्सर र यसका लक्षण एवं बच्ने उपायका बारेमा सहजीकरण गरिन्।

आमा समूहकी अध्यक्ष राधादेवी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, गैससका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, घारीपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तोयनाथ लम्साल, छहारी टोल विकास संस्थाका अध्यक्ष दीपक गोदार, समूहका सल्लाहकार लीलाबहादुर जिसी, समूहका निवर्तमान अध्यक्ष प्यारी गुरुङ, चन्द्रमाया गुरुङ, पूर्णकला पोखरेल, सरास्वती नेपाल लगायतले क्यान्सर रोगबारे समाज सचेत हुनुपर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: