
पोखरा। पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर अजय थापा नियुक्त भएका छन्। विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले आइतबार सहप्राध्यापक डा. केसीलाई नियुक्त गरेका हुन्।
थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन्।
उनी यसअघि पोविविकै मानविकी तथा समाज विज्ञान संकायको डिन थिए। रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीको पदावधि सकिएपछि थापाले आइतबार उक्त जिम्मेवारी पाएका हुन्।
कमेन्ट गर्नुहोस्
