प्रहरीसँगको झडपमा ५० बढी शिक्षक घाइते, पत्रकार कार्कीको आँखामा गम्भीर चोट

Share:

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ।

बिजलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो।

 

झडपका क्रममा ५० भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेकि पत्रकार सविना कार्की पनि घाइते भएकी छन्। पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार २६ औँ दिन पनि प्रदर्शन गरेको हो। महासंघले आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: