पोखराको विन्ध्येश्वरी आदर्शमा कक्षाकोठा सजावट प्रतियोगिता

Share:

पोखरा । पोखराको मोहोरीया टोलमा अवस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षागत रूपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न भएको छ। कक्षालाई सिकाइमैत्री र शैक्षिक वातावरणयुक्त बनाउन आयोजित प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।

प्रतियोगितामा कक्षा १ देखि ३ सम्मको पहिलो तहमा कक्षा २, कक्षा ४ देखि ७ सम्मको दोस्रो तहमा कक्षा ६, र कक्षा ८ देखि १० सम्मको तेस्रो तहमा कक्षा ८ ले प्रथम स्थान हासिल गरेका छन्।

विद्यालयका प्राचार्य कृष्ण कुमार श्रेष्ठले प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

निर्णायक समिति सदस्य होमराज अधिकारी र शान्ति रानाले उत्कृष्ट भएका कक्षालाई पुरस्कार प्रदान गरेकी थिइन्। प्रतियोगितामा विद्यार्थी तथा विषयगत शिक्षकहरूको संयुक्त प्रयासमा पाठ्यपुस्तकमा आधारित सिकाइ क्रियाकलापहरूलाई समेटेर विभिन्न शिक्षण सामाग्री निर्माण गरी कक्षाकोठा सजाइएको थियो।

कमेन्ट गर्नुहोस्
Share: