
पोखरा। पोखरा उच्च अदालत बार एसोसिएसनको आगामी कार्यकाल (२०८२–८४) का लागि सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको छ। पोखरामा क्रियाशील चार कानुनी संगठनबीचको सहमतिपछि निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार उम्मेदवारी दर्ता भएको थियो।
निर्धारित कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी फिर्ताको दिन रहेकामा बिहीबार सबै पदमा निर्विरोध घोषणा गरिएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले जानकारी दिए। थापाले निर्वाचन प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गरे।
निर्वाचनमा नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र निकट आरपिएलए, र नेकपा (समाजवादी) निकट एसपिएलएबीच सहमति जुटेको थियो। पदाधिकारीतर्फ सबै पदमा एकल उम्मेदवारी परेको थियो भने सदस्य पदतर्फ एक सिटमा दुई उम्मेदवारी परेकामा उम्मेदवार अर्जुन पौडेलले बुधबार उम्मेदवारी फिर्ता लिएपछि सबै पद निर्विरोध घोषणा गरिएको हो।
निर्विरोध निर्वाचित पदाधिकारीहरू शालिग्राम भट्टराई अध्यक्ष, यामबहादुर खत्री उपाध्यक्ष, प्रकाश शर्मा सचिव, ईश्वरी पौडेल सहसचिव, तथा सुजाता ढकालकोषाध्यक्षमा चयन भएका हुन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष कांग्रेस निकट डिएलएबाट उम्मेदवारी दिएका हुन् भने उपाध्यक्ष र सहसचिव एमाले निकट पिपिएलएबाट हुन्।
सदस्य पदमा दलगत समन्वय अनुसार डिएलएबाट ४ जना, आरपिएलएबाट २ जना, पिपिएलएबाट १ जना, र एसपिएलएबाट १ जना निर्वाचित भएका छन्। सदस्य पदमा निर्वाचितहरूमा लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी, घनश्याम बराल तथा महिला सदस्यमा
राधा शर्मा (पौडेल) निर्वाचित भएकी छन्।
पोखरा उच्च अदालत बार एसोसिएसनमा हाल ४५६ जना मतदाता रहेका छन्। निर्वाचन समितिको संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा रहेका छन् भने सदस्यहरूमा अनिता गुरुङ र शिवराज वाग्ले छन्। यसको कडा हेडलाइन
