
पोखरा। जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, पोखराले पियर्सन टेस्ट अफ इंग्लिश (PTE) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कन्सल्टेन्सीका सञ्चालक राजन पन्थीले जानकारी दिए।
आइतबार सम्पन्न उक्त कार्यक्रममा पिटिइ नेपाल तथा भुटान क्षेत्रका व्यापार विकास प्रबन्धक सुमनकृष्ण श्रेष्ठले प्रमुख वक्ताको रूपमा सहभागी भई प्रशिक्षण तथा जानकारी प्रदान गरे। उनले विदेश अध्ययनको पछिल्लो प्रचलन, आवश्यक प्रावधानहरू, आवेदन प्रक्रिया, अनलाइन पोर्टल र उपकरणहरूको प्रयोगबारे सहभागीहरूलाई सहजीकरण गरे।
सञ्चालक पन्थीका अनुसार कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो र सहभागीहरूले पिटिइ तयारी तथा विदेश अध्ययन प्रक्रियाबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।जि एण्ड के कन्सल्टेन्सीले सन् २०२३ मा पोखराबाट ‘शीर्ष साझेदार पुरस्कार’ प्राप्त गरिसकेको छ। संस्थाले प्लस टु सकेका विद्यार्थीहरूका लागि IELTS र PTE तयारी कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ।
संस्थाका इंग्लिश प्रोफिसिएन्सी टेस्ट प्रशिक्षक दीपक आचार्य पोखरामा पिटिइस्तर दुई प्रमाणित प्रशिक्षक हुन्, जुन क्षेत्रमै दुर्लभ मानिन्छ। सञ्चालक पन्थीले आगामी दिनहरूमा पनि यस्तै जानकारीमूलक र विद्यार्थी-मैत्री कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मोफसलमै रहेर पनि उच्चस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गरे।
