
पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत सञ्चालित औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रममा उत्कृष्टता हासिल गर्ने उद्योग, शिक्षालय र प्रशिक्षार्थीहरूलाई एक समारोहबीच सम्मान गरेको छ। कार्यक्रममा विभिन्न चार विधामा उत्कृष्ट घोषित शिक्षालय, उद्योग र प्रशिक्षार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।
उत्कृष्ट शिक्षालयतर्फ:
प्रथम: निर्मल मावि, व्यास, तनहुँ (नगद रु. ५०,०००)
द्वितीय: धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ, मुस्ताङ (नगद रु. ३०,०००)
तृतीय: पोखरा प्राविधिक शिक्षालय (नगद रु. २०,०००)
सान्त्वना: रणवीर जनहित मावि, वालिङ, स्याङ्जा (नगद रु. १०,०००)
उत्कृष्ट उद्योगतर्फ (प्रति उद्योग नगद रु. २५,०००):
होटल व्यवस्थापन: टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, पोखरा
भवन निर्माण: जुम कन्स्ट्रक्सन, पोखरा
इलेक्ट्रिकल इन्जिनियरिङ: समिर इलेक्ट्रिकल्स, वालिङ, स्याङ्जा
अटोमोबाइल इन्जिनियरिङ: अक्टोपस अटोमोबाइल प्रा.लि., पोखरा
उत्कृष्ट प्रशिक्षार्थीहरूतर्फ:
विभिन्न चार विधामा १६ जना उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप क्रमशः नगद रु. १५,०००, रु. १०,०००, रु. ७,००० र रु. ५,००० सहित प्रमाणपत्र प्रदान गरियो।
होटल व्यवस्थापनतर्फ:
प्रथम: सन्दिप परियार (पोखरा प्राविधिक शिक्षालय)
द्वितीय: निशान सुनार (पोखरा प्राविधिक शिक्षालय)
तृतीय: सृजन अधिकारी (धवलागिरी प्राविधिक शिक्षालय)
सान्त्वना: रुपेश श्रेष्ठ (पोखरा प्राविधिक शिक्षालय)
भवन निर्माण (बिल्डिङ कन्स्ट्रक्सन) तर्फ:
प्रथम: अरुण मल्ल (गण्डकी बहुप्राविधिक शिक्षालय)
द्वितीय: सन्तोष पाण्डे (गण्डकी बहुप्राविधिक शिक्षालय)
तृतीय: अस्गर मियाँ (गण्डकी बहुप्राविधिक शिक्षालय)
सान्त्वना: सारुख मोहम्मद मियाँ (गण्डकी बहुप्राविधिक शिक्षालय)
इलेक्ट्रिकल इन्जिनियरिङतर्फ:
प्रथम: समिर कार्की (रणवीर जनहित मावि)
द्वितीय: देवेन्द्र नेपाली (रणवीर जनहित मावि)
तृतीय: विवेक राम (रणवीर जनहित मावि)
सान्त्वना: दामोदर अर्याल (रणवीर जनहित मावि)
अटोमोबाइल इन्जिनियरिङतर्फ:
प्रथम: तेजेन्द्र थापा घर्ती (पोखरा प्राविधिक शिक्षालय)
द्वितीय: विनम श्रीष (पोखरा प्राविधिक शिक्षालय)
तृतीय: रोशन सुनार (पोखरा प्राविधिक शिक्षालय)
सान्त्वना: विवश गुरुङ (पोखरा प्राविधिक शिक्षालय)
“सीपयुक्त युवाशक्ति समृद्धिको आधार”
कार्यक्रममा बोल्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै भविष्यमा समेत निरन्तर सहयोगको अपेक्षा गरे ।
मन्त्रालयका सचिव नवराज ढकालले सीपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको बताउँदै निजी क्षेत्रको विकासबाट मात्र राज्य अगाडि बढ्न सक्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्र सरकारसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए।
विद्यार्थीहरूले सरकारी लगानीलाई खेर जान दिन नहुनेमा जोड दिँदै तालिम बीचमै छाड्ने प्रवृत्तिले लगानी र अवसर दुवै गुम्ने उनले उल्लेख गरे।
कार्यक्रममा उपसचिव तोयानाथ लम्साल, पुरस्कृत प्रशिक्षार्थी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिसोर्टका मानव संसाधन प्रबन्धक रामकृष्ण कँडेल र निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरूले उद्योग, शिक्षालय र प्रशिक्षार्थीको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउँदै यस्ता अभ्यासले सीपयुक्त र आत्मनिर्भर युवाशक्ति निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
