
लेखनाथ । लायन्स क्लब अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत वर्ष २०२५/२६ का लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई लायन्स क्लब इन्टरनेशनल ३२५ आई की डिस्ट्रीक्ट गर्भनर पार्वती खरेलले पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
शपथ ग्रहण गर्नेहरूमा प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाईं, द्वितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी, तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल, सचिव केदारनाथ लामिछाने, कोषाध्यक्ष विष्णुबहादुर सुनार, सहसचिव सुन्दर ढकाल, प्रशासक भुवन श्रेष्ठ, तथा सदस्यहरू डा. प्रकाश भट्टराई, ओमप्रकाश पौडेल, शिवप्रसाद लामिछाने, रविलाल सुवेदी, सूर्यप्रसाद तिवारी, शिवप्रसाद वास्तोला लगायत रहेका छन्।
कार्यक्रममा वर्ष २०२४/२५ का अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आफ्नो कार्यकालमा सम्पन्न विभिन्न गतिविधिबारे जानकारी गराएका थिए। आगामी वर्ष २०२५/२६ का अध्यक्ष बोधराज लामिछानेले भावी योजना तथा कार्यक्रमहरूबारे जानकारी गराएका थिए।
सो अवसरमा लायन्स क्लब इन्टरनेशनल ३२५ आई का पूर्व डिस्ट्रीक्ट गर्भनर राम वसेल, निवर्तमान गर्भनर विनोद ढुंगाना लगायतले शुभकामना मन्तव्य दिएका थिए।
क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव तुलसी सापकोटाले गरेका थिए।
