हेम्जा बोर्डिङ स्कूलमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

Share:

पोखरा । हेम्जा बोर्डिङ स्कूल, हेमजामा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर विद्यालयले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले जानकारी दिए।

प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले सामाजिक कुरीति, दाइजो प्रथा, महिला हिंसा लगायतका विषयमा आधारित तीज गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा सिनियरतर्फ ग्रिन हाउस प्रथम र यलो हाउस द्धितीय भएका थिए भने जुनियरतर्फ यलो हाउस प्रथम र रेड हाउस द्धितीय भएका छन्।

त्यसैगरी नृत्यमा सिनयर तर्फ विर्सना विक र जुनियरतर्फ सुप्रिना क्षेत्री उत्कृष्ट भएको विद्यालयका संस्थापक निर्देशक माधवशरण पौडेलले जानकारी दिए। प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायका विद्यालयका शिक्षीका विनु कार्की, शोभा पौडेल र शिक्षा पौडेल रहेका थिए। विद्यालयका शिक्षीका शारदा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वेशिक लेवल इन्चार्ज रश्मी भुजेलले स्वागत र शिक्षीका देवु पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: