
पोखरा। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालअन्तर्गतका दुई सक्रिय लायन्स क्लब लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारी समायोजन (मर्ज) भएका छन्।
सन् २०१२ मा स्थापना भएको सिर्जना चौतारी क्लबको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा बेगनास चौतारी क्लब अब सिर्जना चौतारीमा गाभिएपछि क्लबको कुल सदस्य संख्या ५४ पुगेको छ।
एक भव्य कार्यक्रममार्फत समायोजनमा आएका सदस्यहरूलाई स्वागत गरिएको छ। कार्यक्रममा २०२५/२०२६ का क्लब अध्यक्ष जनकराज पराजुलीले अध्यक्षता गरेका थिए। कार्यक्रममा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल र फेवा बेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे सहित दुवै क्लबका पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
जित बहादुर थापा गोपाल, जीवन गोर्खाली, टङ्क ढकाल, महेश्वर रिमाल, राजु बराल, विधान गौतम, राजाराम पौडेल, उमापति ढकाल, टिका बहादुर लम्साल, चित्र गुरुङ लगायत नेताहरूले क्लब समायोजनबाट कार्य अझ प्रभावकारी र दीर्घकालीन हुने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य क्लबकी प्रथम उपाध्यक्ष शान्ति सिग्देलले राखेकी थिइन् भने सञ्चालन सचिव खगेश्वर पौडेलले गरेका थिए।
दुवै क्लबले विगतमा आर्जेको प्रतिष्ठा कायम राख्दै डिस्ट्रिक्ट ३२५ जे मा अब्बल क्लबको रूपमा अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ।
