पोखरामा अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे सम्पन्न, सयौं विद्यार्थीले लिए अन्तर्राष्ट्रिय परामर्श

Share:

पोखरा। अल्फाबिटा पोखराको आयोजनामा ‘मल्टि सिटी एड्मिशन डे’ कार्यक्रम सोमबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म चलेको उक्त कार्यक्रममा करिब तीन सय विद्यार्थी र उनीहरूका अभिभावकले सहभागिता जनाएका थिए।

कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, जर्मनी, न्यूजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्डका प्रमुख विश्वविद्यालयका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट गर्दै शैक्षिक परामर्श लिएका थिए।

कार्यक्रममा एभिला युनिभर्सिटी (अमेरिका), फेडेरेशन युनिभर्सिटी (अष्ट्रेलिया), युनिभर्सिटी अफ नायगारा फल्स (क्यानडा), ओयबस्टर युनिभर्सिटी, कन्कोर्डिया युनिभर्सिटी, युनिभर्सिटी क्यानडा वेष्ट, युनिभर्सिटी अफ एल (बेलायत) लगायत युरोप तथा एसियाका विश्वविद्यालय प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

९० जना भन्दा बढी विद्यार्थीले आकर्षक गिफ्ट भौचर प्राप्त गरेका थिए। त्यस्तै, देशभर सञ्चालन भइरहेका मल्टि सिटी एड्मिशन डे कार्यक्रम अन्तर्गत एकजना भाग्यशाली विद्यार्थीले म्याकबुक र एक थान अन्तर्राष्ट्रिय हवाई टिकट जित्ने अवसर पनि प्राप्त गर्ने अल्फाबिटा पोखराका प्रमुख मिलन बरालले जानकारी दिए।

उनका अनुसार, विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई आवश्यक परामर्श र जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा IELTS, SAT, PTE तयारी कक्षासम्बन्धी जानकारी र परामर्श पनि प्रदान गरिएको थियो।

अल्फाबिटा एजुकेशन नेपालले विगत ३३ वर्षदेखि वैदेशिक अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र विश्वसनीय जानकारी प्रदान गर्दै आएको छ। काठमाडौंसहित देशभर विराटनगर, विर्तामोड, चितवन, दमक, धरान, इटहरी र पोखरा लगायत १२ शाखा मार्फत सेवा दिइँदै आएको छ।

अल्फाबिटाले निकट भविष्यमा अन्य सहरहरूमा पनि यस्तै शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: