राजमार्गको अवस्था थाहा पाउन यो नम्बरमा गर्नू

Share:

काठमाडौं : देशभर मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना रहेको भन्दै सडक विभागले सडक प्रयोगकर्ताहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले असोज १८ देखि २० गतेसम्म बाढी, पहिरो र सडक अवरोध हुने सम्भावना रहेको जनाएको छ।

विभागले यात्राका क्रममा आवश्यक जानकारीका लागि टोल-फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यससँगै बाढी र पहिरोको जोखिमसमेत बढ्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी तुरुन्तै मर्मत तथा पहिरो पन्छाउने कार्य अघि बढाइने जानकारी दिएका छन्।

सडक विभागले संभावित जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण यात्रु र सडक प्रयोगकर्ताहरूलाई सुरक्षित र सतर्क यात्रा गर्न अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: