कर्मचारी सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, पदमबहादुर घिमिरे अध्यक्षमा चयन

Share:

पोखरा । पोखरास्थित कर्मचारी सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मी प्रमुख अतिथि रहे।

उद्घाटन समारोहमा सचिव रेग्मीले सहकारीलाई आर्थिक सबलीकरणको मूल आधारका रूपमा अघि बढाउन आग्रह गर्दै भने, “सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न र स्थानीय अर्थतन्त्र मजबुत बनाउन अग्रणी भूमिका निर्वाह गर्नुपर्छ।”

अधिवेशनले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ नेतृत्वको अध्यक्षमा पदमबहादुर घिमिरे, उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा चयन भएका छन ।

सदस्यहरूमा सुमन शर्मा, चित्रा ढकाल, शिवराज बराल र केदार धमला भएका छन् । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेरम्ब पौडेल चयन भएका छन् भने सदस्यहरूमा सीता बराल र धनराज पराजुली रहेका छन्।

कार्यक्रममा वक्ताहरूले सहकारीको पारदर्शिता, सदस्यहरूको सक्रिय सहभागिता र प्रविधिमैत्री प्रणालीको आवश्यकता औंल्याएका थिए।

नयाँ निर्वाचित अध्यक्ष पदमबहादुर घिमिरेले सहकारीलाई अझ सबल, स्वच्छ र सदस्यमुखी संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
Share: