पोखरामा आन्दोलनको मौका पारेर प्रहरीको मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आन्दोलनको क्रममा प्रहरीको मोटरसाइकल चोरी गरी चलाइरहेका दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत भदौ २४ गते भएको आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारीसाधन चोरी भएको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानकै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको अगाडि पार्किङमा राखिएको प्रहरी कर्मचारीको ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी गरी चलाईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो।

प्रहरी टोलीले शुक्रबार दिउँसो करिब ३ बजे, पोखरा महानगरपालिका-५, पर्स्याङ क्षेत्रबाट सो मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा पोखरा-१३, शान्तिटोल निवासी ३२ वर्षीय देबकुमार लोदिया र पोखरा-५ ऐऐ निवासी ३६ वर्षीय विश्वराज परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चोरी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले आन्दोलनको अवसर पारेर सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने तथा चोरीजस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: