
पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवलाई यसपटक अरूभन्दा फरक, सभ्य र भव्य बनाउन तयारी तिव्र बनेको छ। युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुष २९ देखि माघ ११ गतेसम्म हुने महोत्सवका लागि आयोजक समितिले एकैपटक ३३ वटा उपसमिति र ठूलो संख्यामा सल्लाहकार चयन गरी वातावरणलाई थप उत्साहपूर्ण बनाएको छ।
महोत्सव मूल आयोजक समिति संयोजक लोकबहादुर थापाको नेतृत्वमा सबै क्षेत्र समेटिने गरी उपसमितिहरू गठन गरिएको क्लबले जनाएको छ। कार्य सम्पादनदेखि अतिथि व्यवस्थापन, झाँकी, सुरक्षा, स्वास्थ्य, ट्राफिक, स्टेज, प्रचारप्रसार, खानेपानीदेखि विद्युत् व्यवस्थापनसम्म-महोत्सवका प्रत्येक पाटो सम्हाल्न अनुभवी व्यक्तिहरू जिम्मेवारीमा छन्।
जसमा महोत्सव कार्यसम्पादन उपसमिति संयोजकमा राजु श्रेष्ठ, अतिथि व्यवस्थापन उपसमिति संयोजकमा हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापन उपसमिति संयोजकमा सुक बहादुर गुरुङ, अनुगमन उपसमिति संयोजकमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिना, सचिवालय उपसमिति संयोजकमा शान्त बहादुर थापा, प्रायोजक व्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानियाँ, प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजकमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजकमा जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की संघ संस्था व्यवस्थापन उपसमिति संयोजकमा सीमा गुरुङ, व्यानर व्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, स्टेज व्यवस्थापन उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, टिकट काउण्टर व्यवस्थापन उपसमिति संयोजक शिव थापालाई चयन गरिएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की (बिजय) अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदी, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्की, मायाको चिनो व्यवस्थापन उपसमिति संयोजक रिम बहादुर क्षेत्री, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक गणेश खड्का, पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश थापा, विद्यालय समन्वय व्यस्थापन उपसमिति संयोजक रमेश बहादुर कार्की, बिमा व्यवस्थापन उपसमिति संयोजक राजेन्द्र बहादुर थापा, मुल्याङ्कन व्यवस्थापन उपसमिति संयोजक सुशिलराज पराजुली, पर्यटन प्रवद्र्धन व्यवस्थापन उपसमिति गोविन्द घिमिरे, पृष्ठपोषण व्यवस्थापन उपसमिति संयोजक आनन्द थापा, ट्राफिक व्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरु, खाना, खाजा व्यवस्थापन उपसमिति संयोजक कृष्ण गौतम, मुलद्धार उपसमिति संयोजक धनराज गुरुङ, विद्युत व्यवस्थापन उपसमिति संयोजक कुशल ढुंगाना, कार्यालय सचिव कुशुम गुरुङ र मिडिया कोअडिनेटर गिता रानालाई चयन गरेको छ ।
त्यस्तै महोत्सवको सल्लाहकारहरुमा लिलाधर अधिकारी, कृष्ण केसी, सम्मर बहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, मुक्षेत्र गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १२ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नं १४ का अध्यक्ष बोधराज कार्की, पो.म.न.पा. वडा नं १५ का वडा अध्यक्ष तोरण बानियाँ, टीका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मिन गुरुङ, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, रुद्र न्यौपाने, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर बराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, सु. इन्द्र बहादुर गुरुङ, बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, राम बहादुर पौडेल, गज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मिलन गुरुङ, उज्जवल रन्जित, नरेन्द्र गुरुङ, डा. कृष्ण केसी, माधव गौतम, माधव घिमिरे, मोहन गुरुङ, राजेश गुरुङ, प्रेम प्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्र प्रसाद बास्ताकोटी, शिव खड्का, मेजर हितमान गुरुङ, दिलमाया तिमिल्सिना, हरि कुमार श्रेष्ठ, भिम बहादुर थापा लाई चयन गरिएको छ ।
