हयात प्लेस बुटवलले सन् २०२६ को स्वागत ओपन स्काई पुलसाइड सेलिब्रेसनसँग गर्ने

Share:

पोखरा । हयात प्लेस बुटवलले नयाँ वर्ष २०२६ लाई भव्य र रमाइलो ढङ्गले स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” आयोजना गर्ने घोषणा गरेको छ। खुला आकाशमुनि र पुलसाइडमा हुने यस उत्सवमा सहभागीहरूले अनलिमिटेड बेभरेज, मनोरञ्जनात्मक प्रस्तुतिहरू र मध्यरातको काउन्टडाउनको मजा लिन सक्नेछन्।

कार्यक्रमलाई जीवन्त बनाउने क्रममा चर्चित डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स र आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन्। साथै, लाइभ बार्बिक्यु (बदेल) ले सहभागीहरूलाई स्वादिष्ट खानाको अनुभव दिनेछ।

कार्यक्रमका प्याकेजहरू:

  • कपल पार्टी प्याकेज: ने.रु. १६,९९९ / भा.रु. १०,६२५
    (दुई व्यक्तिका लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश)

  • स्टे एण्ड पार्टी प्याकेज: ने.रु. २४,९९९ / भा.रु. १५,६२५
    (दुई व्यक्तिका लागि एक रातको बसाई/स्टे, पार्टी प्रवेश, अनलिमिटेड बेभरेज र ब्रेकफास्ट समावेश)

अर्ली बर्ड अफर (२८ डिसेम्बर २०२५ सम्म):

  • कपल पार्टी प्याकेज – ने.रु. १२,९९९ / भा.रु. ८,१२५

  • स्टे एण्ड पार्टी प्याकेज – ने.रु. १९,९९९ / भा.रु. १२,४९९

हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले भने, “यस नयाँ वर्षमा हाम्रो उद्देश्य खुला आकाशमुनि ऊर्जावान र अविस्मरणीय अनुभव प्रदान गर्नु हो। डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ले स्वतन्त्रता र खुशीको महसुस गराउनेछ।”

कार्यक्रममा सहभागी हुनको लागि +९७७ ९७०–५४६३०२८ / ९७०–५४६३०२७ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारीको लागि हयात प्लेस बुटवलको वेबसाइट hyattplacebutwal.com मा जान सकिन्छ।

हयात प्लेसको बारेमा:


हयात प्लेस होटेलहरूले स्टाइल, नवीनता र २४/७ उपलब्ध सुविधाहरू मार्फत पाहुनाहरूको जीवनलाई सहज बनाउने लक्ष्य राख्छन्। यहाँ छुट्टाछुट्टै डिजाइन जोन, सोसियल स्पेस, सुविधाजनक डाइनिङ, फिटनेस सेन्टर र बिहानको हाट ब्रेकफास्ट उपलब्ध छन्। विश्वभर ४४० भन्दा बढी स्थानमा हयात प्लेस होटलहरू छन्।

हयात होटेल्स कर्पोरेसनको बारेमा:


शिकागोस्थित हयात होटेल्स कर्पोरेसन विश्वव्यापी अग्रणी हस्पिटालिटी कम्पनी हो। ८२ देशका १,४५० भन्दा बढी होटल र रिसोर्टहरू यस अन्तर्गत सञ्चालनमा छन्। यसको पोर्टफोलियोमा लक्जरी, लाइफस्टाइल, क्लासिक्स र इसेन्सियल्स ब्रान्डहरू समावेश छन्। थप जानकारीका लागि www.hyatt.com हेर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्
Share: